काठमाडौं -एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दार्चुला र काठमाडौंका दुई संस्थालाई विशेष सहयोग प्रदान गरेको छ।
बैंकले महाकाली नगरपालिका–३, दार्चुलास्थित श्री हुनैनाथ माध्यमिक विद्यालय बाँजलाई विद्यार्थीको पठनपाठन सहज बनाउन एक थान ल्यापटप प्रदान गरेको छ। हाल उक्त विद्यालयमा १३५ भन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन्।
त्यसैगरी, काठमाडौंस्थित मेरुदण्डिय पक्षघात समुह नेपाललाई स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गर्न आरओ वाटर प्युरिफायर हस्तान्तरण गरिएको छ। उक्त संस्था मेरुदण्ड ९स्पाइनल कर्ड० चोटपटक भएका व्यक्तिहरूको सहयोग, पुनःस्थापना तथा दीर्घकालीन हेरचाहमा सक्रिय रूपमा कार्यरत रहेको छ।
बैंकका अनुसार दुवै सहयोगले शिक्षामा प्रविधिको पहुँच विस्तार हुने तथा स्वास्थ्य र सरसफाइमा सुधार ल्याउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।



























































