विराटनगर- कोशी प्रदेश प्रहरी कार्यालय र नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल, विराटनगरबीच प्रहरी कर्मचारी, पूर्व प्रहरी कर्मचारी, उनीहरूका आश्रित परिवार तथा अमर प्रहरीका आश्रित परिवारलाई उपचार सेवामा विशेष शुल्क छुट उपलब्ध गराउने सम्झौता भएको छ।


ADVERTISEMENT


असार २४ गते कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरमा आयोजित कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरे र नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलका निर्देशक प्राध्यापक डा.अशोक कोइरालाले अस्पतालले प्रदान गर्ने सबै उपचार सेवामा २५ प्रतिशत शुल्क छुट उपलब्ध गराउने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।


ADVERTISEMENT

# # #


सम्झौतापछि बोल्दै निर्देशक डा। कोइरालाले नागरिकको सुरक्षाका लागि अग्रपङ्क्तिमा खटिने प्रहरी कर्मचारी तथा उनीहरूका परिवारलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच उपलब्ध गराउन अस्पताल प्रतिबद्ध रहेको बताए। उनले प्रहरीसँगको सहकार्यलाई अझ सुदृढ बनाउँदै सहुलियत सुविधाको अधिकतम उपयोग गर्न आग्रह गरेका छन्।

कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेले नोबेल मेडिकलले उपलब्ध गराएको विशेष सहुलियतप्रति धन्यवाद व्यक्त गर्दै यस सम्झौताले प्रहरी कर्मचारी तथा उनीहरूका परिवारलाई उपचार सेवामा महत्वपूर्ण राहत पुग्ने विश्वास व्यक्त गरे। उनले आगामी दिनमा पनि यस्ता सहकार्यलाई निरन्तरता दिइने बताएका छन्।

कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्र सिंह थापा, नोबेल मेडिकलका जनसम्पर्क अधिकृत नवीन दाहाल, प्रहरी उपरीक्षकहरू तथा अन्य प्रहरी अधिकृतहरूको उपस्थिति रहेको छ।