काठमाडौं–पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बजेट आश्वासनमुखी भएको बताएका छन् । सपना बाँडिएको तर, जनतामा आश जगाउन नसकेको उनले बताए ।


ADVERTISEMENT


प्रतिनिधिसभा बैठकमा बजेटमाथि भएको छलफलमा भाग लिँदै कांग्रेस सांसदसमेत रहेका कार्कीले भने, ‘बजेटको सबैभन्दा प्राथमिकता, सकारात्मक पक्ष के छ भनेर धेरै नियालेँ । यो बजेटमा उखान टुक्का छैन, यो नै विशेषता हो ।’


ADVERTISEMENT

# # #


समृद्धिको आका‌ंक्षा पूरा गर्ने आधार नदिएको र बजेटले आफ्नो प्राथमिकता किटन गर्न नसकेको उनले बताए । राष्ट्रपति र प्रधानमन्त्रीको नाममा कार्यक्रम ल्याएर कार्यकर्ता पोस्न खोजिएको भन्दै उनले यसलाई हटाउनुपर्ने माग गरे ।

नेपालमा भुइफुट्टा वर्ग हावी भएको, जसलाई ‘रोजगारीको मतलब छैन, उत्पादनको मतलब छैन । केबल हामीले उपभोग गर्ने सामान आयात गर्ने मात्र ध्येय छ । त्यसका लागि जुनसुकै हत्कण्डा प्रयोग गर्न पनि पछि पर्दैनन्’ भन्दै पूर्वअर्थमन्त्री कार्कीले बजेटले त्यसलाई रोक्ने प्रयास नगरेको आरोप लगाए ।

राजश्वको लक्ष्य महत्वाकांक्षी भएको तर, भेट्टाउनै नसक्ने अवस्था नरहेको उनले बताए । तर, राजश्व प्रशासनलाई सुधार गर्ने ठोस योजना नभएको कार्कीले बताए ।