विराटनगर–प्रदेश संरचना अनुसार सुरक्षा व्यवस्था थप सुदृढ बनाउने उदेश्यले एक दिने प्रदेशस्तरीय सुरक्षा गोष्ठी विराटनगरमा सुरु भएको छ । गृह मन्त्रालयको आयोजनामा प्रदेश १ का १४ वटै जिल्लामा सुरक्षा व्यवस्था थप सुदृढ वनाउने योजनामा सुरक्षा गोष्ठी केन्द्रित हुने बताइएको छ ।


ADVERTISEMENT


गोष्ठीमा प्रदेशको सुरक्षा अवस्था तथा चुुनौतीबारेमा दीर्घकालीन र तत्काल गर्नुपर्ने रणनीतिका बिषयमा पनि छलफल हुने गृह मन्त्रालयका सुरक्षा समन्वय महाशाखाका प्रमुख तथा प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


उनले सुरक्षाको विविध पक्षको वर्तमान अवस्था, चुनौती र भइरहेका प्रयासहरुको बारेमा अवगत गराउँदै सुरक्षा सम्बन्धी भावी रणनीतिहरु तय गर्ने उद्देश्य रहेकोे जानकारी बताए । सुवेदीका अनुसार जिल्ला र प्रदेश बीचको सुरक्षाको विद्यमान अवस्था चुनौती र समस्या समाधानका लागि गरिएका पहलहरुको समीक्षा गर्दै पृष्ठपोषण तयार गरिनेछ ।

स्थानीय सरकार र प्रदेश सरकारबीचको समन्वयको अवस्था, गृहमन्त्री ज्यूबाट घोषणा भएको विकास र समृद्धिको लागि शान्ति सुरक्षा र सुशसान २२ बुँदे गृह प्रशासन सुधार कार्ययोजना र ३७ बुँदे निर्देशनका कार्यहरुलाई प्राथमिकतामा राखिएकाले त्यसको अवस्थाको मूल्यांकन गरिनेछ ।

कार्यक्रममा विकास निर्माणमा बाधा अवरोध पुर्‍याउने तत्वलाई निरुत्साहित गर्दै प्रभावकारी रुपबाट जनसमुदायले अनुभूति गर्ने गरी सुरक्षा निकायको कार्यलाई जोड दिने, अपराधको राजनीति र राजनीतिको अपराधिकरणलाई निरत्साहित गर्न र भ्रष्टचाररहित समाजका लागि शुन्य सहनशिलताको कार्यान्वयनमा पक्षमा गोष्ठी केन्द्रित हुने बताइएको छ ।

गोष्ठीको गृहमन्त्री रामवहादुर थापा बादलले उद्घाटन गरेका थिए । चारवटै सुरक्षा निकायका प्रमुखहरुको सहभागीता रहेको सो गोष्ठीमा प्रदेश नं १ का आन्तिरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की एव प्रदेश अन्तर्गत पर्ने १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्लाका प्रहरी प्रमुखहरुको सहभागिता रहेको छ ।

गोष्ठीमा एक नम्बर प्रदेशको समग्र सुरक्षाको अवस्थाको बारेमा जानकारी लिने र थप सुुरक्षा योजना वनाउने विषयमा छलफल हुने जनाएको छ ।