काठमाडौं – नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गर्दै विरोध प्रदर्शन गरेका छन् ।


ADVERTISEMENT


देशमा राज्य आतंक बढेको र गरिबको आवाज दबाउन खोजिएको भन्दै अनेरास्ववियु आवद्ध बिद्यार्थीहरुले सिंहदरबारको दक्षिण गेट अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शन गरेका हुन् ।


ADVERTISEMENT

# # #


मोटरसाइकल पार्किङ गरेपछि केहिबेर दक्षिण गेट अगाडिको अवस्था अस्तव्यस्त भएको थियो । त्यसपछि प्रहरीले उनीहरुलाई बलपूर्वक त्यस क्षेत्रबाट हटाएको थियो । सो क्रममा प्रहरीले अनेरास्ववियु आवद्ध केहि विद्यार्थीहरुलाई नियन्त्रणमा लिएको छ ।