काठमाडौं – भक्तपुरस्थीत प्रसिद्ध केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा श्रावण १ गतेदेखि सुरु हुने श्रावणी मेलाको तयारी पुरा भएको छ ।
डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले बुधबार मन्दिर परिसरमा पत्रकार सम्मेलन गर्दै श्रावण १ देखि भाद्र ६ गतेसम्म चल्ने श्रावणी मेलाको तयारी पुरा भएको जनाएको छ ।
समितिका अध्यक्ष धर्मराज बस्नेतले मेलालाई भव्य र सभ्य बनाउन १४ वटा उप समिति गठन गरिएको र मेला अवधिभर भजन कृतन, विभिन्न गुरूहरूबाट प्रवचन समेत आयोजना हुने जानकारी दिए ।
श्रावण १ गते चन्द्रबिनायक मन्दिर पौखेलबाट डोलेश्वर मन्दिरसम्म कलश यात्रा सुरु हुने र मेलाको बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले उद्घाटन गर्ने र भाद्र ६ गते मेलाको समापन हुने उनले बताए । त्यस्तै सरसफाई, ट्राफिक व्यवस्थापन, सुरक्षा व्यवस्था सबै मिलाइएको समितिले जनाएको छ ।



























































