काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले संघीय सरकारले सुरक्षा संवेदनशीलतालाई पर्याप्त रूपमा सम्बोधन गर्न नसकेको बताएका छन्।


ADVERTISEMENT


बिहीबार सिंहदरबारस्थित संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद झाले मधेशका विभिन्न स्थानमा देखिएका पछिल्ला घटनाक्रमले राम्रो संकेत नगरेको भन्दै यस्तो अवस्थामा संघीय सरकारले सुरक्षा संवेदनशीलतालाई आवश्यक प्राथमिकता दिन नसकेको बताएका हुन्।


ADVERTISEMENT

# # #


उनले सुनसरीको घटनापछि राज्यको सक्रियता र तत्कालको पहल पर्याप्त नरहेको आभास भएको उल्लेख गरे। ओमप्रकाश मेहताको मृत्युपछि उनका परिवारले पाउनुपर्ने सान्त्वना, क्षतिपूर्ति तथा सम्मानजनक दाहसंस्कारजस्ता विषयमा पनि राज्यको सक्रियता र तत्परतामा कमजोरी देखिएको उनको भनाइ छ।

सांसद झाले मधेश प्रदेशका सांसदहरूले रास्वपाका सभापति रवि लामिछानेलाई भेटेर मधेशको सुरक्षा अवस्थाबारे जानकारी गराएको पनि बताए। साथै, शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सरकारले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्।