काठमाडौं – मुस्लिम आयोगले धर्मको नाममा हुने विवाद अन्त्यका लागि दीर्घकालीन समाधानको पहल गर्नुपर्नेमा जोड दिएको छ ।


ADVERTISEMENT


सिंहदरबार बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समिति बैठकमा मुस्लिम आयोगका कार्यबाहक अध्यक्ष महमदिन अलीले धर्मको नाममा हुने विवाद अन्त्यका लागि क्षणिक रूपमा मात्र समस्या सुल्झाउनु भन्दा दीर्घकालीन समाधान खोज्नुपर्ने बताएको हो ।


ADVERTISEMENT

# # #


उनले धर्मको नाममा झैझगडा र बेथिति अन्त्य गर्नका लागि मुस्लिम आयोगले सद्भाव र शान्तिका लागि पहल गर्दै आएको जानकारी दिए । उनले समाजका केहि अराजक तत्वहरूले गर्ने गलत कामका कारण शान्तिप्रिय नागरिक वा सिङ्गो समुदाय नै विवादमा मुछिने गरेको धारणा राखे ।

समाजका बहुसंख्यक नागरिकहरूले यस्ता बेथिति र विवादको विरोध गरिरहेकाले हिन्दू–मुस्लिम बीचको लडाइँ र भ्रम सिर्जना गर्न नहुने उनको भनाइ छ । बैठकमा आयोगले हालसम्म भएका कामकारवाहीका बारेमा जानकारी गराएको थियो ।