काठमाडौं- महालक्ष्मी विकास बैंक लिमिटेड ले विश्व स्तनपान सप्ताह–२०२६ (अगस्ट १–७) को अवसरमा आफ्ना महिला कर्मचारीलाई लक्षित गर्दै केन्द्रीय कार्यालय, दरबारमार्गमा नर्सिङ केयर रुम तथा डे–केयर सुविधा सञ्चालनमा ल्याएको छ।


ADVERTISEMENT


बैंकका अनुसार मातृत्वलाई सम्मान गर्दै स्तनपान गराइरहेका आमाहरूलाई आफ्ना शिशुको सुरक्षित, सहज, स्वच्छ तथा निजी वातावरणमा हेरचाह र स्तनपान गराउन सकून् भन्ने उद्देश्यले उक्त सुविधा स्थापना गरिएको हो।


ADVERTISEMENT

# # #


विशेष कार्यक्रमबीच महालक्ष्मी महिला नेतृत्व तथा विकास मञ्चकी अध्यक्षले नर्सिङ केयर रुम तथा डे–केयर सुविधाको औपचारिक उद्घाटन गरेकी थिइन्।

बैंकको ३२औँ वार्षिकोत्सवको अवसरमा स्थापना गरिएको महालक्ष्मी महिला नेतृत्व तथा विकास मञ्च ले महिला नेतृत्व क्षमता विकास, संस्थागत विकासमा महिलाको प्रभावकारी सहभागिता, व्यावसायिक दक्षता तथा आत्मविश्वास अभिवृद्धि, समान अवसरको प्रवर्द्धन र समावेशी कार्यस्थल निर्माणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बैंकले जनाएको छ।

महालक्ष्मी विकास बैंकले समावेशिता र लैङ्गिक समानतालाई संस्थागत संस्कृतिको महत्वपूर्ण आधार मान्दै आएको जनाएको छ। बैंकका अनुसार नर्सिङ केयर रुम तथा डे–केयर सुविधा सञ्चालनले मातृत्वप्रति सम्मान, काम र पारिवारिक जीवनबीच सन्तुलन तथा कर्मचारीको स्वास्थ्य र कल्याणलाई प्राथमिकतामा राख्ने आफ्नो प्रतिबद्धतालाई थप बलियो बनाएको छ।

यस अवसरमा बैंकले सबै कार्यस्थललाई थप आमामैत्री वातावरण निर्माण गर्न प्रेरित गर्दै कर्मचारीको स्वास्थ्य, सम्मान र समग्र कल्याणप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याएको छ।

महालक्ष्मी विकास बैंकले गुणस्तरीय तथा आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको उल्लेख गर्दै हालै आफ्ना ग्राहकका लागि डिजिटल हब विथ कफी अवधारणासमेत सञ्चालनमा ल्याएको जनाएको छ।