काठमाडौं – पूर्णतया इलेक्ट्रिक कमर्सियल भेहिकलमा केन्द्रित भारतीय ब्रान्ड मोन्ट्रा इलेक्ट्रिकले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा प्रवेश गरेको घोषणा गरेको छ।


ADVERTISEMENT


कम्पनीले आज काठमाडौंमा सुपर अटो इलेक्ट्रिक थ्री-ह्विलरकोपहिलो ब्याच सार्वजनिक गरेको हो। मोन्ट्राइलेक्ट्रिक नेपालका लागि आफ्नो आधिकारिक राष्ट्रिय वितरकHIPCO ट्रेडिंग प्रा. लि. मार्फत नेपाल प्रवेश गरेको हो। काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदश्री. आशिष गजुरेललेमोन्ट्रा इलेक्ट्रिकको फ्ल्यागसिप यात्रुवाहक थ्री–ह्विलर सुपर अटो सार्वजनिक गर्नुभएको थियो। यससँगै नेपालमा मोन्ट्रा इलेक्ट्रिक सुपर अटोको औपचारिक सुरुवात भएको छ।


ADVERTISEMENT

# # #


मोन्ट्रा इलेक्ट्रिक सुपर अटोको इन्जिनियरिङ विकास नेपालका सडक तथा भू–भागमा गरिएको परीक्षण, स्थानीय वितरकबाट प्राप्त सुझाव तथा नेपालको सडक र भूगोलका मौलिक आवश्यकतालाई ध्यानमा राखेर गरिएको छ। यसले सुपर अटोलाई नेपाली बजारकै लागि भनेर विशेष रूपमा तयार गरिएको इलेक्ट्रिक सवारीसाधनका रूपमा प्रस्तुत गरेको छ।

इलेक्ट्रिक मोबिलिटीको यस रूपान्तरणका लागि नेपाल हाल उपयुक्त अवस्थामा छ। देशमा पर्याप्त विद्युत् उत्पादन भइरहेको अवस्थामा इलेक्ट्रिक मोबिलिटीमार्फत स्वदेशमै उत्पादित ऊर्जालाई उपयोग गरी आयातित इन्धनमाथिको निर्भरता घटाउन सकिन्छ। इन्टरनल कम्बसन इन्जिन (ICE) भएका सवारीसाधनको तुलनामा इलेक्ट्रिक सवारीसाधनलाई सरकारले दिँदै आएको कर तथा भन्सारसम्बन्धी सहुलियतले पेट्रोलबाट चल्ने थ्री–ह्विलरबाट इलेक्ट्रिकगाडीमा रूपान्तरण हुने चालक तथा यात्रुका लागि यसको आर्थिक लाभ अझ बढाएको छ।

चालक तथा फ्लीट सञ्चालकका लागि इलेक्ट्रिकगाडीमा रूपान्तरणलेकुल स्वामित्व लागत लागत(Total Cost of Ownership–TCO)मा प्रत्यक्ष लाभ पुर्यानउँछ। कम सञ्चालन खर्च, कम मर्मतसम्भार खर्च तथा इन्धनको मूल्यमा हुने उतारचढावको प्रभावबाट मुक्त हुन पाउनु यसका प्रमुख फाइदा हुन्। देशभरका थ्री–ह्विलर सञ्चालकका लागि यी फाइदाले उल्लेखनीय आर्थिक प्रभाव पार्नेछन्।

नेपालका चालकका लागि यो लाभ केवल आर्थिक पक्षमा सीमित छैन। दैनिक व्यापारिक गतिविधि तथा यात्रु आवागमनको महत्वपूर्ण आधारका रूपमा रहेका थ्री–ह्विलरले चालक र यात्रुबीचको सम्बन्धमा पनि महत्वपूर्ण भूमिका खेल्छन्। मोन्ट्रा इलेक्ट्रिक सुपर अटो चालकले प्रदान गर्ने सेवाको गुणस्तरका कारण यात्रुबाट सम्मान र विश्वास प्राप्त हुने विश्वास गरिएको छ। आकर्षक प्रिमियम डिजाइन, आरामदायी र आफ्नो सेगमेन्टमा उत्कृष्ट प्रदर्शनसहितको सुपर अटो हरेक यात्रामा यात्रुलाई राम्रो अनुभव प्रदान गर्न, चालकको दैनिक आम्दानी बढाउन र ग्राहकलाई पुनः सेवा लिन प्रेरित गर्नेगरी विश्वास निर्माण गर्न तयार गरिएको हो।किनकि उत्कृष्ट प्रदर्शनले गर्दानै सम्मान स्वत: वृद्धि हुन जान्छ।

नेपालका पहाडी भू–भागले सवारीसाधनबाट थप क्षमताको माग गर्छ र मोन्ट्रा इलेक्ट्रिकको सुपर अटो यही आवश्यकतालाई ध्यानमा राखेर निर्माण गरिएको छ। यसको३२ प्रतिशत ग्रेडेबिलिटीले तीव्र उकालोमा पनि उत्कृष्ट प्रदर्शन सुनिश्चित गर्छ भनेहिल–होल्ड असिस्टसुविधाले उकालोमा सुरक्षित र सहज रूपमा सवारी स्टार्ट गर्न सहयोग गर्छ।
९ kWh ब्याट्री प्याकरPMSM मोटरबाट सञ्चालित सुपर अटोले आफ्नो सेगमेन्टमै उत्कृष्ट६० Nm टर्कप्रदान गर्छ। यसले एकपटककोपूर्ण चार्जमा१५० किलोमिटरसम्मको ड्राइभिङ रेन्जर५५ किलोमिटर प्रतिघण्टाको अधिकतम गतिप्रदान गर्छ।४.५ घण्टामा चार्जगर्न सकिने क्षमताले दैनिक रूपमा सवारीको ज्यादा उपयोग गर्न सहयोग गर्छ। विभिन्न ड्राइभ मोडले फरक-फरक लोड र सडक अवस्थाअनुसार सवारी चलाउन सहज बनाउँछन्। यी मोडले शक्तिको सहज वितरण सुनिश्चित गर्दै परम्परागत गियरमा आधारित सवारीसाधनमा अनुभव हुने झट्का कम गर्छन्।

यात्रु तथा चालक दुवैलाई ध्यानमा राखेर तयार गरिएको एर्गोनोमिक डुअल–टोन सिट, प्रभावकारी विन्डस्क्रिन तथा रूफ डिजाइन र थप हेडरुम तथा लेगरुमका कारण सुपर अटो लामो दूरीका यात्राका लागि समेत आरामदायी छ। साथै, यसलाई विभिन्न मौसममा पनि सहज यात्रा सुनिश्चित गर्ने गरी डिजाइन गरिएको छ।शहरी सडकदेखि नेपालको विविध भू–भागसम्म सहज रूपमा प्रयोग गर्न सकिने सुपर अटोको मूल्य पनि नेपाली बजारलाई ध्यानमा राखेर निर्धारण गरिएको छ। नेपालमासुपर अटोको मूल्य रु८,६४,९००तोकिएको छ।
सुपर अटो सार्वजनिक कार्यक्रममा बोल्दैHIPCO ट्रेडिंग प्रा. लि. का निर्देशक हिमांशु गोल्छाले भने,“नेपालका सडकहरू देशको आर्थिक विकासका मेरुदण्ड हुन्। लामो समयदेखि हामीले हाम्रो आर्थिक विकासको मूल्य ठूलो इन्धन आयात खर्चका रूपमा चुकाउँदै आएका छौं। सुपर अटोको आगमन आयातित इन्धनमा निर्भरता र प्रदूषण घटाउने यात्रातर्फको पहिलो कदम हो। देशभर इलेक्ट्रिक मोबिलिटीलाई प्रोत्साहन गर्दै जाँदा यस्ता साझेदारीले नेपालको यातायात क्षेत्रलाई नेपाली जनताको आकांक्षासँगै अघि बढ्न सहयोग गर्नेछ।”
यस घोषणाबारे बोल्दैमोन्ट्रा इलेक्ट्रिक (TI क्लिन मोबिलिटी प्रा. लि.) का अध्यक्ष अरुण मुरुगप्पनले भने,“मोन्ट्रा इलेक्ट्रिकको सुपर अटो नेपाल प्रवेशले इन्जिनियरिङ उत्कृष्टताको प्रयोग वास्तविक र स्थानीय आवश्यकतामा आधारित हुनुपर्छ भन्ने हाम्रो लामो समयदेखिको विश्वासलाई प्रतिबिम्बित गर्छ। चाहे त्यो किसान होस्, फ्लीट सञ्चालक होस् वा राष्ट्रको आफ्नै ऊर्जा महत्वाकांक्षा नै किन नहोस्।

नेपालको नवीकरणीय ऊर्जाको क्षमता र मोन्ट्रा इलेक्ट्रिकको मोबिलिटीसम्बन्धी इनोभेसनले यो साझेदारीलाई स्वाभाविक र आपसी हित अनुकुल बनाएको छ। भारतीय इन्जिनियरिङले हाम्रा छिमेकी अर्थतन्त्रको दिगो विकासमा महत्वपूर्ण योगदान गर्न सक्छ भन्ने उदाहरणका रूपमा पनि हामीले यसलाई हेरेका छौं।” मोन्ट्रा इलेक्ट्रिक (TI क्लिन मोबिलिटी प्रा. लि.) का प्रबन्ध निर्देशक जलज गुप्ताले भने,“भारतको तीव्र रूपमा बढिरहेको इलेक्ट्रिक कमर्सियल भेहिकल क्षेत्रमा मोन्ट्रा इलेक्ट्रिक अग्रणी कम्पनीका रूपमा स्थापित छ। हाम्रो यात्राको महत्वपूर्ण अध्यायको रूपमा रहेको नेपाल प्रवेशले कम्पनीलाई दिगो मोबिलिटीको विश्वव्यापी क्षेत्रमा अघि बढ्न थप बल प्रदान गर्नेछ। मुरुगप्पा ग्रुपले सधैं वास्तविक चुनौती समाधान गर्ने इन्जिनियरिङलाई प्राथमिकता दिँदै आएको छ। नेपालको अतिरिक्त विद्युत् क्षमतालाई उपयोग गर्दै नेपाल प्रवेश गर्नु पनि यही सोचको निरन्तरता हो। यसले भारतीय इनोभेसनले अन्य देशलाई विश्वव्यापी इन्धन मूल्यको उतारचढावबाट कम प्रभावित हुन सहयोग गर्न सक्छ भन्ने देखाउँछ। साथै, यसले स्वच्छ र आत्मनिर्भर भविष्यतर्फ अघि बढ्न पनि सहयोग पुर्यागउनेछ।”

HIPCO ट्रेडिंग प्रा. लि. का निर्देशक सिद्धार्थ जजोडियाले भने“नेपालमा उच्च प्रदर्शनयुक्त सुपर अटो यात्रुवाहक सवारीसाधनको सुरुवातले कम्पनीको महत्वाकांक्षी विश्वव्यापी योजनाको सुरुवात गरेको छ। नेपालभर विस्तार भइरहेको डिलर तथा सर्भिस नेटवर्कमार्फत बिक्री, सर्भिस, स्पेयर पार्ट्स तथा ग्राहक सहायता उपलब्ध गराइनेछ। यो सुरुवात मोन्ट्रा इलेक्ट्रिक र HIPCO ट्रेडिंग प्रा. लि.बीचको दीर्घकालीन साझेदारीको प्रारम्भ पनि हो। आगामी दिनमा उत्पादनको दायरा विस्तार गर्दै नेपालको इलेक्ट्रिक मोबिलिटी इकोसिस्टमलाई थप मजबुत बनाउने योजना रहेको छ।”

यो रणनीतिक विस्तार परियोजनाले मोन्ट्रा इलेक्ट्रिकको घरेलु बजारको अग्रणी कम्पनीबाट विश्वव्यापी रूपमा पहिचान बनाउँदै गरेको ईभी कम्पनीसम्मको यात्रालाई प्रतिनिधित्व गर्छ। यसले उच्चस्तरीय इन्जिनियरिङ र विश्वका विभिन्न बजारमा लास्ट माइल मोबिलिटीका लागि आवश्यक कठिन तथा विविध भू-भागअनुकूल सवारीसाधनबीचको दूरी कम गर्ने लक्ष्य राखेको छ।

HIPCO ट्रेडिंगका बारेमा
HIPCO ट्रेडिंग प्रा. लि.,नेपालको सबैभन्दा पुरानो र स्थापित व्यावसायिक तथा निर्यातमूलक संस्थामध्ये एकदिवाकर गोल्छा अर्गनाइजेसन (DGC)को सहायक कम्पनी हो। यसको व्यावसायिक यात्रा सन् १९३० देखि सुरु भएको हो।स्वर्गीयरामलाल गोल्छाद्वारा स्थापना गरिएको यो ग्रुपलाई पछि स्वर्गीयदिवाकर गोल्छाले विस्तार गर्नुभएको थियो। नेपालका औद्योगिक नीतिहरूको निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका प्रतिष्ठित उद्योगपति तथा सांसद दिवाकर गोल्छाको नेतृत्वपछि हाल ग्रुपको नेतृत्वहितेश गोल्छारहिमांशु गोल्छाले गरिरहनुभएको छ। HIPCO ट्रेडिंगको नेतृत्व हिमांशु गोल्छाले गरिरहनुभएको छ।DGC को व्यवसाय कृषि, स्टिल तथा इन्जिनियरिङ, उपभोग्यप्रोडक्ट, मल, चिनी, इथानोल, भौतिक पूर्वाधार, मोबिलिटी, आतिथ्य तथा वित्तीय सेवालगायत विभिन्न क्षेत्रमा फैलिएको छ। नेपालमा हुलास ब्रान्डका स्टिल सिट, ट्युब तथा पाइप, TMT बार र प्रि-इन्जिनियर्ड भवन निर्माणमा यो ग्रुपअग्रणी उत्पादकमध्ये एक हो।ग्रुपले नेपालमाFAG Bearings, LEGO, Mattel, Funskoolर Steelcaseलगायत विश्वप्रसिद्ध विभिन्न ब्रान्डको आधिकारिक वितरकका रूपमा समेत काम गर्दै आएको छ।

मोन्ट्रा इलेक्ट्रिक (TI क्लिन मोबिलिटी प्राइभेट लिमिटेड, मुरुगप्पा ग्रुप) का बारेमा
मोन्ट्रा इलेक्ट्रिक (कम्पनीको नाम: TI क्लिन मोबिलिटी प्राइभेट लिमिटेड), भारतको १२५ वर्ष पुरानो तथा प्रतिष्ठित व्यावसायिक ग्रुप, मुरुगप्पा ग्रुप अन्तर्गतको अग्रणी क्लिन मोबिलिटी ब्रान्ड हो।भारत तथा विश्व बजारका लागि हाइ प्रेसिजन अटोमोटिभ तथा औद्योगिक कम्पोनेन्ट उत्पादनमा दशकौंको अनुभवबाट प्राप्त‘मेटल टु मोबिलिटी’विशेषज्ञता र बलिया ब्रान्ड निर्माणको अनुभवलाई उपयोग गर्दै मोन्ट्रा इलेक्ट्रिकले क्लिन मोबिलिटीको क्षेत्रमा आफ्नो भिजन अघि बढाएको छ।कम्पनीले e-3Wheelers, e-Small Commercial Vehicles, e-Tractors र e-Medium & Heavy Commercial Vehicles गरी चारवटा मुख्य व्यवसायिक क्षेत्रमा काम गर्दछ।मोन्ट्रा इलेक्ट्रिकको तीव्र रूपमा विस्तार भइरहेको उत्पादन पोर्टफोलियोमा भारतको पहिलो५५ टन इलेक्ट्रिक ट्रक ट्रेलर RHINO, ३.५ टन स्मल कमर्सियल भेहिकल एभिएटर, लास्ट माइल यात्रुवाहक सवारीसुपर अटो, लास्ट माइल डेलिभरी सोलुसन सुपर कार्गो तथा भारतको पहिलो इलेक्ट्रिक ट्र्याक्टरE-27लगायतका उत्पादन रहेका छन्। थप जानकारीका लागि मोन्ट्रा इलेक्ट्रिकको आधिकारिक वेबसाइटwww.montraelectric.comमा जानुहोस्।

मुरुगप्पा ग्रुपका बारेमा
भारत तथा विश्वका विभिन्न क्षेत्रमा उपस्थिति रहेको१२५ वर्ष पुरानो मुरुगप्पा ग्रुपको कुल व्यवसायिक आकारभा. रू.९०२अर्ब (९०,१७८करोड) रहेकोरहेको छ। यो ग्रुपले कृषि, इन्जिनियरिङ, वित्तीय सेवा लगायत विभिन्न क्षेत्रमा व्यवसाय सञ्चालन गर्दै आएको छ।यो ग्रुपअन्तर्गत १० वटा सूचीकृत कम्पनी रहेका छन्:Carborundum Universal Limited, CG Power & Industrial Solutions Limited, Cholamandalam Financial Holdings Limited, Cholamandalam Investment & Finance Company Limited, Coromandel International Limited, E.I.D.-Parry (India) Limited, NACL Industries Limited, Shanthi Gears Limited, Tube Investments of India LimitedरWendt (India) Limited।यो ग्रुपअन्तर्गतका अन्य प्रमुख कम्पनीहरूमाCholamandalam MS General Insurance Company LimitedरParry Agro Industries Limitedरहेका छन्।Ajax, Hercules, BSA, मोन्ट्रा, मोन्ट्रा इलेक्ट्रिक, Mach City, Chola, Chola MS, CG Power, Shanthi Gears, CUMI, Gromor, ParamfosरParry’sलगायतका ब्रान्डहरू पनि मुरुगप्पा ग्रुप अन्तर्गत रहेका छन्।

एब्रेसिभ्स, टेक्निकल सेरामिक्स, इलेक्ट्रोमिनरल्स, इलेक्ट्रिकभेहिकल, अटो कम्पोनेन्ट्स, पंखा, ट्रान्सफर्मर, रेलवेका लागि सिग्नलिङ उपकरण, साइकल, मल, चिनी, चिया लगायत विभिन्न उत्पादन यस ग्रुपका प्रमुख व्यवसायिक क्षेत्र हुन्। इमानदारिता, समर्पण, गुणस्तर, सम्मान र जिम्मेवारीलाई आधारभूत मूल्यका रूपमा आत्मसात गर्दै व्यावसायिक संस्कृतिमा अघि बढिरहेको मुरुगप्पा ग्रुपमा हाल९४,०४१ कर्मचारीकार्यरत छन्।