काठमाडौं- राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सहज रूपमा ग्यास आपूर्ति तथा बिक्री वितरण गर्न आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।


ADVERTISEMENT


बुधबार बसेको राष्ट्रिय सभा बैठकमा सांसदहरुले ग्यास अभावका बिषयमा आवाज उठाएपछि अध्यक्ष दाहालले खाना पकाउने एलपी ग्यासको आपूर्तिमा देखिएको असहजताका कारण उपभोक्ता मारमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध हुने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन्।


ADVERTISEMENT

# # #


 बैठकको शून्य तथा विशेष समयमा सांसदहरुले ग्यास आपूर्तिमा असहजता तथा महँगीका कारण भएको समस्याका विषयमा आवाज उठाएका छन् ।