भक्तपुर- भक्तपुरमा सांस्कृतिक कार्यक्रमसहित नागपञ्चमी पर्व मनाइएको छ । भक्तपुर नगरपालिका–१० स्थित नागपोखरीमा रहेको नागको प्रतिमामा विशेष पूजाआजा गर्नुका साथै विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरिएको हो ।


ADVERTISEMENT


नागपञ्चमीको अवसरमा करिब २० वर्षपछि ऐतिहासिक नागपोखरीको मध्यभागमा रहेको स्वर्णङ्गी नागको प्रत्यक्ष दर्शन गर्न पाउने व्यवस्था गरिएको भक्तपुर नगरपालिकाले जनाएको छ । भक्तजनको सहज दर्शनका लागि पोखरीको बीचसम्म पुग्ने गरी ४२ फिट लामो अस्थायी पुल निर्माण गरिएको थियो ।


ADVERTISEMENT

# # #


नागपुखु संरक्षण समितिले आयोजना गरेको कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिले पुर्खाको सीप, बाजा, संस्कृति र परम्परागत नाचहरू नयाँ पुस्तामा सफलतापूर्वक हस्तान्तरण भइरहेको बताएका छन्। कार्यक्रममा युवाहरूको उत्साहजनक सहभागिता देखिएको उनको भनाई छ।

प्रमुख प्रजापतिले मौलिक सांस्कृतिक कार्यक्रमले कला र संस्कृतिलाई सयौँ वर्षसम्म जीवित राख्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

नागपञ्चमीका दिन नागलाई दूध, दही, अक्षता, फलफूल, दूधका परिकार तथा कपासबाट बनाइएको नागको आकृति चढाएर पूजा गर्ने परम्परा रहेको छ ।