काठमाडौं- सभामुख डोलप्रसाद अर्यालले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई निर्देशन दिएका छन्।
सोमबार प्रतिनिधिसभाको बैठक सुरु हुनेबित्तिकै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख अर्यालले सदनमा उपस्थित हुँदै सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई निर्देशन दिएका हुन्।
सभामुख अर्यालले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ५६ बमोजिम प्रधानमन्त्री वा उनको कार्यक्षेत्रसँग सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्नोत्तरको माग गर्दै सांसदहरूले गरिरहेको विरोधप्रति आफ्नो ध्यानाकर्षण भएको बताएका छन्।
उनले प्रतिनिधिसभाको बैठकमा उपस्थित भई नियमावलीका नियम ५६, ५७, ५८, ५९ र ६० बमोजिम सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई निर्देशन दिएका हुन् ।
सीमा सम्बन्धी अभिव्यक्ति र प्रश्नोत्तरमा सहभागी भई प्रधानमन्त्रीले जवाफ दिनुपर्ने मागसहित विपक्षी दलका सांसदहरूले लामो समयदेखि सदनमा विरोध जनाउँदै आएका थिए। सभामुखको निर्देशनपछि विपक्षी दलका सांसदहरू आ–आफ्नो आसनमा बसेका हुन्।




























































