काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले गगन थापा र शेरबहादुर देउवाबीचको दूरी घटाउन आफू मध्यस्थता गर्न तयार रहेको बताएका छन्।


ADVERTISEMENT


सोमबार काठमाडौंमा संस्थापनइतर समूहले आयोजना गरेको चियापान कार्यक्रममा नेता कोइरालाले थापा र देउवाबीचको दूरी कम गर्दै दुवै पक्षबीच सकारात्मक संवाद गराउन आफूले मध्यस्थता गर्न सक्ने धारणा राखेका हुन्।


ADVERTISEMENT

# # #


उनले पार्टीभित्र अहिले विवाद र असहमति देखिए पनि शीर्ष नेतृत्व र विभिन्न समूह अन्ततः मिल्नुको विकल्प नरहेको बताएका छन्। सहमतिका आधारमा अघि बढ्न सकिने विश्वास व्यक्त गर्दै उनले पार्टीलाई एकताबद्ध बनाउन संवाद आवश्यक रहेको उल्लेख गरेका छन्।

नेता कोइरालाले बीपी कोइराला र प्रदीप गिरीको पालामा विचार र आदर्शमा आधारित सैद्धान्तिक बहस हुने गरेको स्मरण गर्दै अहिलेको राजनीतिमा गालीगलौज र भाषाको स्तर खस्किँदै गएकोमा चिन्ता व्यक्त गरेका छन्।

संस्थापनइतर समूहले आयोजना गरेको राष्ट्रिय भेलाले कांग्रेस एकताबद्ध भएर अघि बढ्नुपर्ने सन्देश दिएको उनको भनाई छ।