काठमाडौं- बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ मन्त्रिपरिषद् गठन नभएसम्म कार्य सञ्चालन गर्न मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई आग्रह गरेका छन्।


ADVERTISEMENT


प्रदेश प्रमुखको कार्यालयले सोमबार मुख्यमन्त्री बानियाँलाई पत्र पठाउँदै नेपालको संविधानको धारा १६९ को उपधारा (२) को खण्ड (क) बमोजिम मन्त्रिपरिषद् गठन नभएसम्म संविधानको धारा १६९ को उपधारा (३) बमोजिम कार्य सञ्चालन गर्न अनुरोध गरेको हो।


ADVERTISEMENT

# # #


प्रदेश प्रमुख देवकोटाले पठाएको पत्रमा नयाँ मन्त्रिपरिषद् गठन नभएसम्म प्रदेश सरकारको नियमित कार्य सञ्चालनमा निरन्तरता दिन मुख्यमन्त्रीलाई आग्रह गरिएको छ।

प्रदेश प्रमुखको पत्रसँगै बागमती प्रदेशमा नयाँ मन्त्रिपरिषद् गठनको प्रक्रिया अघि नबढेसम्म वर्तमान मुख्यमन्त्री नेतृत्वकै सरकारले कार्य सञ्चालन गर्ने अवस्था स्पष्ट भएको छ।