काठमाडौं- विदेशमा मृत्यु भएका नेपालीहरूको शव स्वदेश ल्याउन सरकारले चासो नदिएको भन्दै सांसद तामाङले आक्रोश व्यक्त गरेकी छिन् ।


ADVERTISEMENT


सोमबार प्रतिनिधिसभाको बैठकमा सांसद तामाङले धादिङका सन्तोष राईको शव कम्बोडियाबाट नेपाल ल्याउन ३७ दिनदेखि शून्य समयमा आवाज उठाए पनि हालसम्म कार्यान्वयन नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी हुन् ।


ADVERTISEMENT

# # #


विदेशमा अलपत्र शव व्यवस्थापनका लागि अर्थ मन्त्रालयले बजेट विनियोजन गरिसकेको भए पनि परराष्ट्र मन्त्रालयले कार्यविधि नबनाउँदा बजेट कार्यान्वयन हुन नसकेको उनले बताएकी छिन् । आफन्तहरू शव आउने आशामा बसेको लामो समय भइसकेको भन्दै उनले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएकी छिन्।

आफ्नो प्रश्नको सम्बोधन नभएसम्म र सभामुखबाट ‘रुलिङ’ नआएसम्म सदनमा उभिएरै विरोध जारी राख्ने चेतावनीसमेत सांसद तामाङले दिएकी छिन्।

यसै विषयमा सभामुख डोलप्रसाद अर्यालले सांसदहरू गोपाल शर्मा र आशिका तामाङले उठाएको विषयमा तीन दिनभित्र जवाफ दिन सरकारलाई निर्देशन दिएका छन् ।