काठमाडौं-  बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको बिदाइ तथा ‘फेरि भेटौँला’ कार्यक्रम सम्पन्न भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आयोजना गरेको कार्यक्रममा प्रदेश सरकारका विभिन्न मन्त्रालयका सचिव तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।


ADVERTISEMENT


कार्यक्रममा मुख्यमन्त्री बानियाँसँगको कार्यसहकार्य, समन्वय र अनुभवलाई स्मरण गर्दै सहभागीहरूले उनको आगामी यात्राको सफलताको कामना गरेका छन्। कार्यक्रममा प्रदेश सरकारका विभिन्न मन्त्रालयमा कार्यरत सचिव तथा कर्मचारीहरूको उल्लेख्य सहभागिता रहेको थियो।


ADVERTISEMENT

# # #


बिदाइ कार्यक्रममा मुख्यमन्त्री बानियाँले आफ्नो कार्यकालमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सचिव, कर्मचारी तथा सम्पूर्ण राष्ट्रसेवक कर्मचारीप्रति धन्यवाद व्यक्त गरेका छन्। उनले प्रदेशको प्रशासनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन कर्मचारीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै जनताको सेवामा निरन्तर समर्पित भएर काम गर्न आग्रह गरेका छन्।

मुख्यमन्त्री बानियाँको बिदाइका क्रममा कार्यक्रम केही भावुकसमेत बनेको थियो। सहभागीहरूले आगामी दिनमा पुनः भेट हुने अपेक्षासहित ‘फेरि भेटौँला’ भन्दै मुख्यमन्त्री बानियाँलाई आत्मीय बिदाइ गरेका छन्।