काठमाडौं – सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा सरकारसँग लिखित जवाफ माग गरेको छ।


ADVERTISEMENT


न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले प्रसाईंकी श्रीमती उमा प्रसाईंले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीका नाममा ‘कारण देखाऊ’ आदेश जारी गरेको हो।


ADVERTISEMENT

# # #


अदालतले प्रसाईंलाई थुनामा राख्नु नपर्ने आधार र कारणसहित बाटोको म्यादबाहेक २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न सरकारलाई आदेश दिएको छ। जवाफ महान्यायाधिवक्ताको कार्यालयमार्फत पेस गर्न भनिएको छ।

यस्तै, अदालतले प्रसाईंको घर खानतलासीका क्रममा बरामद गरिएको भनिएका सामानसमेत आगामी पेसीका दिन अदालतमा पेस गर्न जिल्ला प्रहरी परिसर भक्तपुरलाई निर्देशन दिएको छ। अब सरकारको लिखित जवाफ र बरामद सामग्रीसमेत हेरेपछि अदालतले रिटमाथिको थप सुनुवाइ अघि बढाउनेछ।