काठमाडौं– रसुवामा आएको अकस्मात् बाढीपछि बोर्डर आउट पोस्ट ९बीओपी० टिमुरेमा कार्यरत ९ जना सशस्त्र प्रहरी सम्पर्कविहीन भएका छन्।


ADVERTISEMENT


सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार बाढीपछि उनीहरूसँग सम्पर्क स्थापित हुन सकेको छैन। सम्पर्कका लागि निरन्तर प्रयास भइरहेको उनले बताए।


ADVERTISEMENT

# # #


बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ। तर, सम्पर्कविहीन रहेका सशस्त्र प्रहरीको अवस्थाबारे यकिन जानकारी प्राप्त भइसकेको छैन। घटनास्थलको अवस्था बुझ्ने तथा सम्भावित उद्धारका लागि थप टोली परिचालन गर्ने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।