काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत नदी तटीय क्षेत्रमा भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गहिरो दुःख व्यक्त गरेको छ।


ADVERTISEMENT


बाढी तथा डुबानका कारण सयौं नागरिकले अकालमै ज्यान गुमाउनुपरेको, कैयौं बेपत्ता भएको तथा बस्ती र पूर्वाधारमा ठूलो क्षति पुगेको भन्दै कम्पनीले प्रभावित नागरिकप्रति हार्दिक सहानुभूति व्यक्त गरेको छ।


ADVERTISEMENT

# # #


विपद्बाट प्रभावित नागरिकको तत्काल उद्धार, राहत तथा दीर्घकालीन पुनःस्थापनाका लागि नेपाल सरकार, सुरक्षा निकाय तथा स्थानीय संघ–संस्थाबाट भइरहेको प्रयासप्रति ऐक्यबद्धता जनाउँदै आईएमई लाइफ इन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायित्व ९ऋक्च्० अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको हो।

कम्पनीले यस सहयोगबाट बाढी प्रभावितहरूको खोजी तथा उद्धार, खाद्यान्न, स्वास्थ्य उपचार र पुनःस्थापनाका कार्यमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

आईएमई लाइफ इन्स्योरेन्सले स्थापनाकालदेखि नै विभिन्न संकट, प्राकृतिक विपद् तथा महामारीका समयमा सहयोग हस्तान्तरण गर्दै आएको जनाएको छ।

कम्पनीले बाढीमा परी ज्यान गुमाउने नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ। साथै, बेपत्ताको शीघ्र खोजी तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्धार तथा राहत कार्यमा अहोरात्र खटिएका सुरक्षाकर्मी, स्वयंसेवक तथा सम्बन्धित सबैप्रति आभार व्यक्त गरेको छ।