काठमाडौं- बीमा ऐन, २०७९ विपरीतको कसूरमा संलग्न रहेको आरोपमा हिमालयन रिइन्स्योरेन्स लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासना पौडेल पक्राउ परेकी छन्।


ADVERTISEMENT


केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाल बीमा प्राधिकरणको निरीक्षण प्रतिवेदनका आधारमा पौडेललाई पक्राउ गरेको जनाएको छ। प्राधिकरणले ट्रष्ट इन्स्योरेन्स ब्रोकर प्रा.लि.मा गरेको निरीक्षणका क्रममा देखिएका विषयलाई लिएर अनुसन्धान अघि बढाउन सीआईबीलाई पत्राचार गरेको थियो।


ADVERTISEMENT

# # #


सीआईबीका अनुसार बीमा ऐन, २०७९ को दफा १४० को उपदफा (१) को खण्ड (छ) र (झ) बमोजिमको कसूरमा अनुसन्धान गर्न पौडेललाई पक्राउ गरिएको हो।

काठमाडौं जिल्ला अदालत, बबरमहलबाट पक्राउ अनुमति लिएर ३९ वर्षीया पौडेललाई भदौ ११ गते काठमाडौंको बबरमहलबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ।

सीआईबीका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर ज.ब.रा.का अनुसार पक्राउ परेकी पौडेलमाथि थप अनुसन्धान भइरहेको छ।

प्रहरीले अनुसन्धानको क्रममा बीमा ऐनमा उल्लेखित कसूरसँग सम्बन्धित विषयमा आवश्यक प्रमाण तथा तथ्य संकलन गरिरहेको जनाएको छ। पौडेलमाथि लागेको आरोप अनुसन्धानबाट पुष्टि हुन बाँकी रहेको छ।