काठमाडौं – नेपाली MMA खेलाडी रवीन्द्र ढाँटले ‘रोड टु UFC’ अन्तर्गतको सेमिफाइनलमा शानदार जित निकाल्दै फाइनलमा प्रवेश गरेका छन्।


ADVERTISEMENT


ढाँटले सेमिफाइनल भिडन्तमा कासिबलाई पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेका हुन्। सुरुदेखि नै आक्रामक र प्रभावशाली प्रदर्शन गरेका ढाँटले महत्वपूर्ण जित हात पार्दै UFC यात्रालाई थप बलियो बनाएका छन्।


ADVERTISEMENT

# # #


अब ढाँटले ‘रोड टु UFC’ को फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। फाइनल जित्न सके ढाँटले UFC को मुख्य रोस्टरमा प्रवेश गर्ने महत्वपूर्ण अवसर पाउनेछन्।

नेपाली MMA का लागि ढाँटको यो सफलता महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।