काठमाडौं–कृषिमन्त्री चक्रपाणि खनालले काठमाडौंको कालिमाटीस्थित तरकारी बजारको अनुगमन गरेका छन् । कालिमाटी तरकारी बजारमा कैयन विकृति रहेको गुनासोका बीच मन्त्री खनालले सोमबार अनुगमन गरेका हुन् ।


ADVERTISEMENT


कृषिराज्यमन्त्री रामकुमारी चौधरी, मन्त्रालयका अधिकारी, सञ्चारकर्मीसहित सोमबार बिहानै कालिमाटी पुगेका मन्त्री खनालले ३ दर्जन पसलको अनुगमन गरे । अनुगमनका क्रममा मन्त्री खनालले स्टलको भाडा, तरकारीको भाउ सोधेका थिए ।


ADVERTISEMENT

# # #


अनुगमनपछि मन्त्री खनालले तरकारी कालिमाटी बजार व्यवस्थापन समितिलाई बजार व्यवस्थित गर्न निर्देशन समेत दिए । तरकारीबजार सँगै माछा स्टल व्यवस्थित गर्न मन्त्री खनालले निर्देशन दिएका हुन् ।