काठमाडौं – गोसाइँकुण्ड पुगेका आन्तरिक तथा वाह्य पर्यटकहरु वैकल्पिक मार्गबाट काठमाडौं फर्कन थालेका छन् ।


ADVERTISEMENT


रसुवाको भोटेकोशी बाढीपछि धुन्चेतर्फको नियमित मार्ग बन्द भएपछि गोसाइँकुण्ड पुगेकाहरु गोसाइँकुण्ड–दुप्चेश्वर–काठमाडौं हुँदै वैकल्पिक मार्गबाट काठमाडौं फर्कन थालेका हुन् ।


ADVERTISEMENT

# # #


नियमित मार्ग बन्द भएपछि काठमाडौं–टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड ४ चक्के साना सवारीसाधन सञ्चालन हुने गरी सञ्चालन गरिएको छ । सोहि मार्ग हुदै काठमाडौं फर्कन लागेकाहरुले बाटो केहि कठिन भएपछि फर्कन पाउदा खुसी लागेको बताएका छन् ।

रसुवाको भोटेकोशी बाढीका कारण रसुवामा मात्रै १२ वटा पुल बगाएको छ भने अधिकांश सडक खण्ड समेत बाढीको चपेटामा परेको छ ।