काठमाडौं – हिमालयन बैंक लिमिटेडको अध्यक्षमा नेपाल सरकारका पूर्वमुख्य सचिव तथा बैंकका सञ्चालक डा। बैकुण्ठ अर्याल सर्वसम्मत निर्वाचित भएका छन् ।


ADVERTISEMENT


बैंकको आइतबार बसेको सञ्चालक समितिको ५०६औँ बैठकले संस्थापक समूहका शेयरधनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रतिनिधित्व गर्ने डा. अर्याललाई भदौ १४ गतेदेखि लागू हुने गरी अध्यक्ष पदमा निर्वाचित गरेको हो।


ADVERTISEMENT

# # #


नवनिर्वाचित अध्यक्ष डा. अर्यालले सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेको बैंकले जनाएको छ।