काठमाडौं- संसद वैठक आह्वानका लागि प्रतिनिधिसभा, कार्यव्यवस्था परामर्श समितिको बैठक मंगलबार बस्ने भएको छ ।
सोमबार सिंहदरबारमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेको ध्यानाकर्षण पत्र बुझ्दै सभामुख डोल प्रसाद अर्यालले मंगलबार नै कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएर संसद बैठक सञ्चालनको टुङ्गो लगाउने बताएका हुन्।
सदन विपद्का कारण केही दिन स्थगित गरिएको भए तापनि अब तत्काल सञ्चालन गर्न आफुले सभामुखको ध्यानाकर्षण गराएको आङदेम्बेले बताएका छन् ।
जवाफमा सभामुख अर्यालले कार्यव्यवस्था परामर्शको बैठक पश्चात संसद आह्वान गरिने प्रतिवद्धता जनाएको आङदेम्बेले जानकारी दिएका छन् । उनले विपद् व्यवस्थापन, राहत वितरणमा हुने दोहोरोपना रोक्न र वास्तविक पीडितलाई राज्य भएको अनुभूति दिलाउन संसद तथा संसदीय समितिहरूबाट सूक्ष्म निगरानी र निर्देशन हुनुपर्ने उल्लेख गरेका छन् ।
सत्तारूढ दलका सभापतिको आह्वानमा बसेको सर्वदलीय बैठकका निर्णयहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गराउन संसदको भूमिका अपरिहार्य रहेको आङदेम्बेको भनाइ छ ।































































