काठमाडौं – रसुवाका बाढी प्रभावित परिवारका लागि अमेरिकाबाट पठाइएको ४० टनभन्दा बढी आपत्कालीन राहत सामग्री काठमाडौं आइपुगेको छ।


ADVERTISEMENT


अमेरिकी संस्था सामारिटन्स पर्सको सहयोगमा ल्याइएको राहत सामग्री बाढी प्रभावित क्षेत्रमा वितरण गरिने जनाइएको छ। सामग्रीमा करिब २,६०० परिवारलाई पुग्ने पानी फिल्टर, त्रिपाल, कम्बल, सरसफाइ किट तथा सौर्य बत्ती लगायतका अत्यावश्यक सामग्री छन्।


ADVERTISEMENT

# # #


स्थानीय तहमा राहत तथा पुनःस्थापनामा सक्रिय संस्थाहरूमार्फत उक्त सामग्री प्रभावित परिवारसम्म पुर्‍याउने तयारी गरिएको छ। अमेरिकी दूतावासका अनुसार विपद्का बेला आवश्यक जीवनरक्षक सहायता उपलब्ध गराउन नेपाल सरकार तथा विभिन्न साझेदार संस्थासँग समन्वय भइरहेको छ।