काठमाडौं – पोखरा पर्यटन परिषदको अध्यक्षमा हरि भुजेल निर्वाचित भएका छन् ।
परिषदको २६ औं साधारण सभा तथा १४ं अधिवेशनले भुजेललाई अध्यक्षमा निर्वाचित गरेको छ । भुजेलले कृष्ण भण्डारीलाई १४ मतले पराजित गर्दै निवर्तमान प्रथम उपाध्यक्ष अध्यक्षमा निर्वाचित भएका हुन् । कुल ३९ प्रतिनिधि रहेको परिषदको अध्यक्षमा निर्वाचित भुजेलले २५ मत प्राप्त गरे भने भण्डारीले ११ मत प्राप्त गरे । तिन मत बदर भएको थियो ।
परिषदको अध्यक्षमा निर्वाचित भुजेल टानका पूर्व अध्यक्ष हुन् । परिषदको सदस्यहरुमा बाबुराम पाण्डे, सुनिलबहादुर भट्टराई, शोभा अधिकारी सापकोटा, जीवनराज सापकोटा र नारायणप्रसाद सुवेदी सर्वसम्मत चयन भएका छन् । परिषदको निर्वाचित कमिटीले प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष पछि चयन गर्नेछ ।































































