काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठकले विनियोजन विधेयक, २०७५ लाई सर्वसम्मतिले पारित गर्यो । बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले सो विधेयक पारित गरियोस् भनी प्रस्ताव राखेका थिए ।


ADVERTISEMENT


बैठकमा प्रतिनिधिसभा नियमावली, २०७५ को प्रस्ताव भने प्रस्तुत हुन सकेन । प्रतिनिधिसभाको अर्को बैठक यही जेठ २५ गते अपराह्न १ बजे बस्नेछ ।


ADVERTISEMENT

# # #