काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले वातावरणीय प्रभाव मूल्यांंकन विना गरिने विकास प्रयास दिगो नहुने बताएका छन् ।


ADVERTISEMENT


विश्व वातावरण दिवसको अवसरमा मंगलबार एक शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले अव्यवस्थित विकासले रोगब्याधी मात्र नभएर बाढी, पहिरोलगायतका समस्या आउने बताए ।


ADVERTISEMENT

# # #


‘विकास निर्माणको कार्य अघि बढाउँदै गर्दा वातावरणमैत्री हुने गरी समयमा नै योजना तर्जुमा गर्नु पर्दछ’, प्रधानमन्त्री ओलीले आफ्नो शुभकामना सन्देशमा भनेका छन्, ‘वातावरणको विनास नहुने गरी प्रविधिहरुको प्रयोग गर्नु पर्दछ ।’

वातावरण संरक्षण दिगो आर्थिक विकासको पूर्वशर्त भएकाले यसमा सबैको गम्भीरता आवश्यक भएको प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्री ओलीले आर्थिक समृद्धि हासिल गर्ने क्रममा वातावरण प्रदूषण चुनौतीका रुपमा देखापर्न सक्ने भन्दै त्यसका लागि सबै सतर्क हुनुपर्ने बताए ।