काठमाडौं–विश्व विजेता जर्मनीले विश्वकप फुटबल २०१८ का लागि अन्तिम टोलीको घोषणा गरेको छ । जर्मनीले तीन हप्ताअघि २७ सदस्यीय प्रारम्भिक टोली बनाएको थियो । सो टोलीबाट चार खेलाडी हटाइएको छ ।


ADVERTISEMENT


२३ सदस्यीय अन्तिम टोलीमा लिरोय साने, बेर्न्ड लिना, जोनथन टाह र निल्स पिटरसन अटाएका छैनन् ।


ADVERTISEMENT

# # #


लिरोय सानेलाई म्यानचेस्टर सिटीको विङ्गर भनिन्छ । उनले गएको सिजनमा म्यानचेस्टर सिटीलाई प्रिमियर लिगको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए । उनी विश्वविजेता जर्मनीको अन्तिम टिममा नपर्नुलाई आश्चर्य मानिएको छ ।

हेर्नुहोस् जर्मनीको टिम

गोलरक्षक म्यानुएल नुयर टिममा परेका छन् । उनी घाइते भएपछि ९ महिनासम्म मैदान बाहिर थिए । तर, शनिबार राति अस्ट्रियासँग भएको मैत्रीपूर्ण खेलबाट नुयर मैदानमा फर्किएका थिए । उक्त खेलमा जर्मनी अस्ट्रियासँग २–१ ले पराजित भएको थियो ।

जर्मनी विश्वकपको चार वर्ष अघिको विजेता हो । सन् २०१८ मा हुन लागेको विश्वकपमा समूह एफमा छ । यो समूहमा दक्षिण कोरिया, स्वीडेन र मेक्सिको पनि छन् ।

रुसमा आयोजना हुने विश्वकप फुटबल सुरु हुन अब नौ दिन बाँकी छ ।