काठमाडौँ– अवैध रुपमा हुण्डीको कारोवार गर्नेहरु पक्राउ परेका छन् । काठमाडौं उपत्यका भित्र गैरकानुनी तवरले हुण्डीको कारोवार गरी राजश्व छली गरिरहेको भन्ने सूचनाको आधारमा अपराध महाशाखाको टोलीले ७ जनालाई पक्राउ गरेको हो ।


ADVERTISEMENT


सोमबार दिउँसो काठमाडौं उपत्यकाको न्यूरोड स्थित विभिन्न स्थानहरुमा छापा मार्दा नगद, चेक रकम, विभिन्न बैकका चेक लगायतका कागजातहरु प्रहरीले बरामत गरेको छ ।


ADVERTISEMENT

# # #


नियन्त्रणमा लिइएका ७ जनालाई प्रारम्भिक अनुसन्धान शुरु गरिएको तथा थप कारवाहीको लागि राजश्वक अनुसन्धान विभाग हरिहर भवन पुल्चोक ललितपुर पठाइने प्रहरी अनुसन्धान विभागले जनाएको छ ।

पक्राउ पर्नेमा काठमाडौँ थापाथलीका २९ विर्षीय राहुल राय अग्रवालबाट नगद ८ लाख २७ हजार तथा ३ करोड १३ लाख ७४ हजार ८ सय ३६ रुपैयाँको चेक रकम बरामद गरिएको छ ।

यस्तै सिन्धुपाल्चोक घर भई हाल काठमाण्डौंको स्युचाटार बस्ने ३१ बर्षीय राज कुमार श्रेष्ठ, भारत राजस्थान घर भई हाल क्षेत्रपाटी बस्दै आएका ५२ बर्षीय शिव कुमार साङतानी, मुम्बई घर भएका अरुण सावरथिया, दिल्ली घर भएका रविन्द्र चोखानी, दिल्लीकै राज कुमार सिघान्चीबाट ठूलो मात्रामा नगद तथा चेक रकम बरामद गरिएको छ ।

यस्तै भारतको राजस्थानका जगदिश राना सरियाबाट पनि मोबाईल, चेकबुक, नगद तथा विभिन्न कागजातहरु बरामद गरिएको छ ।