काठमाडौं – उद्योगी तथा व्यवसायी अम्बिका प्रसाद पौड्याल ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड नेपाल २०२६’ अन्तर्गत ‘आउटस्ट्यान्डिङ बिजनेस लिडरसिप अवार्ड’बाट सम्मानित भएका छन् ।
सिजन मिडिया नेपालद्वारा आयोजित कार्यक्रममा पौड्याललाई लगानी, उद्यमशीलता, जलविद्युत्, पर्यटन, बीमा, आतिथ्य, कृषि, निर्माण तथा उपभोक्ता उद्योगलगायत विभिन्न क्षेत्रमा पुर्याएको योगदान, व्यवसायिक दृष्टिकोण तथा संस्थागत नेतृत्वको कदरस्वरूप उक्त अवार्ड प्रदान गरिएको हो।
व्यवसाय तथा उद्योग क्षेत्रमा सक्रिय पौड्यालले विभिन्न क्षेत्रमा लगानी विस्तारसँगै उद्यमशीलता प्रवर्द्धन र संस्थागत विकासमा योगदान पुर्याउदै आएको आयोजकले जनाएको छ।
अवार्ड ग्रहण गर्दै पौड्यालले प्राप्त सम्मानले आफूलाई उद्योग तथा व्यवसाय क्षेत्रको विकासमा थप सक्रिय भएर काम गर्न प्रेरणा मिलेको बताए । उनले निजी क्षेत्रको लगानी विस्तार, रोजगारी सिर्जना र आर्थिक विकासका लागि व्यवसायी तथा उद्यमीबीच सहकार्य आवश्यक रहेकोमा जोड दिए ।
सिजन मिडिया नेपालले विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्व तथा संस्थालाई सम्मान गर्दै आएको जनाएको छ।































































