काठमाडौं – काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन र आन्दोलनका कारण अवरुद्ध हुँदै आएको थापाथलीतर्फ जाने सडक खुला गरिएको छ ।
बुधबार बिहानै लामो समयदेखि धर्नामा बसेकाहरूले राखेका टेण्ट प्रहरीले हटाएपछि उक्त सडक सूचारु भएको हो । सडकमा नै टेण्ट राखेर निरन्तर धर्ना दिदा रातको समयमा असुरक्षा हुन सक्ने र आन्दोलनकारीको स्वास्थ्यमा समेत समस्या पर्न सक्ने भएकाले टेण्ट हटाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले दिउँसोको समयमा आन्दोलन गर्न कुनै अवरोध नहुने स्पष्ट पारेको छ । रातको समयमा भने सो स्थानमा नबस्न आग्रह गर्दै प्रहरीले माइकिङ समेत गरेको थियो । माइतिघरको भित्रि सडक खण्डमा दिनरात नै आन्दोलनकारीको उपस्थीतिका कारण सो सडक खण्ड अवरुद्ध हुदै आएको छ ।


































































