पोखरा- नेपाल प्रहरी प्रधान कार्यालयले गरेको कार्यसम्पादन मूल्यांकनमा नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा सर्वोत्कृष्ट हुन सफल भएको छ। कार्यालय एसएसपी श्यामकृष्ण अधिकारीको कमान्डमा सञ्चालन हुँदै आएको छ।


ADVERTISEMENT


एसएसपी अधिकारीको नेतृत्वमा प्रदेश प्रहरी कार्यालयले अपराध नियन्त्रण, अनुसन्धानलाई प्रभावकारी बनाउने तथा मातहतका प्रहरी इकाइहरूको नियमित अनुगमन र निरीक्षणलाई प्राथमिकतामा राख्दै आएको छ। कार्यसम्पादनमा सुधार ल्याउन प्रहरी कर्मचारीको क्षमता र मनोबल अभिवृद्धिका लागि विभिन्न आन्तरिक गतिविधिसमेत सञ्चालन हुँदै आएका छन्।


ADVERTISEMENT

# # #


अपराध नियन्त्रण तथा शान्ति सुरक्षालाई प्रभावकारी बनाउनेसँगै संगठनको कार्यसम्पादनलाई परिणाममुखी बनाउन एसएसपी अधिकारीले मातहतका प्रहरी इकाइलाई सक्रिय र जिम्मेवार ढंगले परिचालन गर्दै आएका छन्।

प्रहरी प्रधान कार्यालयको कार्यसम्पादन मूल्यांकनमा प्रदेश प्रहरी कार्यालय पोखराले सर्वोत्कृष्ट नतिजा हासिल गर्नुमा नेतृत्वको प्रभावकारी कार्यशैली, नियमित अनुगमन तथा प्रहरी इकाइहरूको सक्रिय परिचालन महत्वपूर्ण पक्षका रूपमा देखिएको छ।

एसएसपी श्यामकृष्ण अधिकारीले प्रहरी संगठनभित्र व्यावसायिकता, अनुशासन र जिम्मेवारीलाई प्राथमिकतामा राख्दै शान्ति सुरक्षा कायम गर्न तथा प्रहरी सेवाको प्रभावकारिता बढाउन भूमिका खेल्दै आएका छन्।