काठमाडौं – रास्वपा सांसद रचना खतिवडा खत्रीले सहिद परिवारलाई न्यायको प्रत्यक्ष आभास हुने काम गर्न सरकारलाई आग्रह गरेकी छिन् ।


ADVERTISEMENT


मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा जेनजी सहिद रसिक खतिवडाका आमा सांसद खतिवडाले सहिदको रगत अझै नसुकेको स्मरण गराउँदै न्यायको प्रत्यक्ष आभास हुने गरी सरकारलाई काम गर्न आग्रह गरेकी हुन् ।


ADVERTISEMENT

# # #


उनले आन्दोलनका क्रममा थुनामा रहेका सम्पूर्ण जेन्जी थुनुवाहरूलाई विनासर्त तत्काल रिहा गर्न र घाइतेहरूको उपचारका लागि संसारको जुनसुकै कुनामा लैजानु परे पनि राज्यले सम्पूर्ण खर्च व्यहोरेर निःशुल्क उपचारको व्यवस्था गर्न माग गरिन् ।

संसद्‍मा उभिनु कुनै व्यक्तिगत राजनीतिक रहर, महत्त्वाकाङ्क्षा वा पदको लालच नभएको भन्दै उनले जेन्जी आन्दोलनका सहिदहरूले पूर्ण रुपमा न्याय पाए सांसद पदबाट राजीनामा दिन एक सेकेन्ड पनि नहिच्किचाउने बताइन् ।

उनले ‘छोराको लासमाथि सांसद पद साटेको’ भन्दै निकृष्ट र अपमानजनक टिप्पणी गर्ने गरेको भन्दै एउटी आमाको छातीको पीडा र ममतामाथि राजनीतिक आक्रमण नगर्न र तुच्छ शब्द बोल्नुअघि हजार पटक सोच्न आग्रह गरिन् ।