रत्ननगर, चितवन– चीनलाई उपहार दिन चितवन निकुञ्जको जंगलबाट ल्याएर सौराहास्थित बोमामा राखिएको एकसिंगे गैंडाका बच्चा (केटो) एक महिनामै मानिससँग लहसिन थालेको छ ।


ADVERTISEMENT


शुरुमा आउँदा आक्रामक गैंडा अहिले सबै मानिससँग नजिक हुन थालेको हो । मानिसले खानेकुरा ल्याइदिन्छ की भनेर मानिस देख्ने वित्तिकै नजिक आउन थालेको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका निमित्त कार्यालय प्रमुख रामकुमार अर्यालले जानकारी दिए ।


ADVERTISEMENT

# # #


उनका अनुसार अहिले गैंडालाई खोर(बोमा) भित्रै पुगेर कर्मचारीहरूले खानेकुरा दिन थालेका छन् । यसअघि खोर नै भत्काउला झैं गरेर गैंडा आक्रामक रुपमा प्रस्तुत हुन्थ्यो ।

“अझै अर्को ठूलो बोमामा राख्ने बेला भएको छैन, अर्यालले भने, “अर्को महिनाबाट सार्न मिल्छ की भन्ने अनुमान छ ।”

तिनीहरूको अवस्था, आनीबानी, स्वास्थ्य तथा गतिविधि र आनीबानीका बारेमा पशु चिकित्सक, कर्मचारी र वन्यजन्तु प्राविधिज्ञले निगरानी गरिरहेका छन् ।

यहाँ चारैतर्फ काठको फलेकले बारेर माथिपट्टि खुला गरी बनाइएको पिट बोमा छ । अर्का खुला खोरमा लगेर छाड्न समेत भने अलि भइसकेको छैन । अलि बानी परेपछि ती गैंडालाई अली ठूलो खुला खोरमा लगेर राखिने र त्यसपछि चीन पठाइनेछ ।

भारतबाट उद्धारपछि सौराहामा ल्याएर पालनपोषण गरी राखिएको गैंडाको बच्चा(केटो)लाई पनि ‘पिट बोमा’(सानो खोर)मा राखिएको छ । अघिल्लो वर्षको साउन २८ गते आएको बाढीले निकुञ्जबाट बगाएर उक्त केटोलाई भारत पुर्याएको थियो । गत चैत १० गते भारतबाट उद्धार गरी केटोलाई सौराहा ल्याइएको थियो ।

अन्य तीनवटा गैंडालाई भने गएको वैशाख महिनामा नियन्त्रमा लिएर बोमामा राखिएको थियो । चिकित्सकका अनुसार अहिले चारवटै गैैंडा तन्दुरुस्त छ । सरकारी निर्णय अनुसार चीनलाई दुई जोडी गैंडा नेपालले उपहार दिँदैछ ।रासस