काठमाडौं – गृहमन्त्री रामबहादुर थापा बादलले काम नगर्ने ठेकदारलाई कारबाही गरिछाड्ने दृढता व्यक्त गरेका छन् ।


ADVERTISEMENT


सम्झौताअनुसार समयमा काम नगर्नुलाई राज्यले अपराध मान्ने भन्दै उनले काम नगर्ने ठेकदार कसैको घरधनी मात्र होइन, सांसद वा नेता भएपनि नछाड्ने बताए ।


ADVERTISEMENT

# # #


आफ्नो १०० दिनमा भएका कामबारे जानकारी दिन मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री बादलले धेरैजसो ठेक्कामा सम्झौताअनुसार काम नभएको बताए । राजधानीमा मात्र सानाठूला गरी ५०० वढी परियोजना रहेको र त्यसमध्ये ३०० बढीमा सम्झौता अनुसार काम नभएको उनले सुनाए ।

तर, यस्ता कामचोर ठेकदार तपाईकै पार्टीका अध्यक्ष प्रचण्डको घरबेटी छन्, सांसद छन् नि भन्ने प्रश्नमा गृहमन्त्री बादलले हाँस्दै भने, अहिले तपाईले उठाएको मात्र नभएर सबै ठेकदार घरधनी नै हुन् । घर सबैको छ ।’

‘राज्यले भनिसकेको छ, जसले सम्झौताअनुसार काम गर्दैन, राज्यको ढुकुटी दुरुपयोग गर्छ, त्यो अपराध हो’ उनले अघि भने, ‘त्यसकारण कारबाही गर्नुपर्छ भन्ने कानुन छ । जो सुकै होस्, चाहे घरधनी होस्, सभासद होस् वा ठूलै नेता किन नहोस् । कानुनको उल्लंघन गर्छ, राज्यलाई धोका दिन्छ भने कारबाही हुन्छ ।’

निर्णय गर्ने अधिकार सम्बन्धित मन्त्रालयको भएको भन्दै गृहमन्त्री बादलले त्यसलाई कार्यान्वयन गर्न आफ्नो मन्त्रालयले सहयोग मात्र गरेको बताए ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पु्ष्पकमल दाहाल प्रचण्डको घरधनी शारदाप्रसाद अधिकारीले काठमाडौं वरपर दर्जनौं ठेक्का लिएर समयमा काम पूरा गरेका छैनन् ।