काठमाडौँ– राष्ट्रियसभामा नेपाली काँग्रेस संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे मनोनयन भएका छन् ।


ADVERTISEMENT


काँग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले आज सांसद पाण्डेलाई राष्ट्रियसभाका लागि संसदीय दलको नेतामा मनोनयन गरेका हुन् ।


ADVERTISEMENT

# # #


पार्टी संसदीय दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०७४) को धारा १२ को उपधारा (१) बमोजिम उनलाई मनोनयन गरिएको काँग्रेसका मुख्य सचेतक बालकृष्ण खाणले जानकारी दिए ।