सुर्खेत–कर्णाली प्रदेश सरकारले ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ को उद्घाटनमा रु ६३ लाख ८१ हजार खर्च भएको विवरण सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


बिहीबार प्रदेशसभामा प्रतिपक्षी दलले उठाएका प्रश्नको जवाफ दिँदै आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले खर्च भएको कूल बजेटमा प्रदेश सरकारको रु ४९ लाख ४१ हजार र नेपाल पर्यटन बोर्डबाट रु १४ लाख ४० हजार खर्च भएको बताएका छन् ।


ADVERTISEMENT

# # #


कर्णाली प्रदेशसभा कालीकोटको नरहरि गाउँपालिका– ९का मना सार्कीको हत्याका विषयमा केन्द्रित भयो । सार्की हत्यामा संलग्न दोषी कानूनी दायरामा आए पनि तिनीहरुलाई हदैसम्मको कारवाही गर्नेबारे १० सदस्यले सरकारको ध्यानाकर्षण गराएका थिए । जनप्रतिनिधिजस्तो व्यक्तिमाथिको आक्रमणले सुरक्षा चुनौती थपिएको बताउँदै उनीहरुले घटना छानवीनका लागि समिति गठन गर्न, सार्कीलाई शहीद घोषणा गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन माग गरेका थिए ।

विषयगत समितिमा पठाउन तीन विधेयक पारित
प्रदेश सरकारका आन्तरिक मामिलामन्त्री नरेश भण्डारीले कर्णाली प्रदेश गाउँसभा र नगरसभाको कानून निर्माण प्रक्रियाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ सभामा पेश गरेका थिए । मन्त्री भण्डारीले उक्त पेश गरिएको विधेयक विधायन तथा प्रदेश मामिला समितिमा पठाउन सभामा प्रस्ताव गरेसँगै सो विधेयक सर्वसम्मत पारित भएको छ ।

त्यस्तै स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ पनि सर्वसम्मत पारित भएर सम्बन्धित विषयगत समितिमा निर्णयार्थ पेश भएको छ ।

त्यसैगरी सामाजिक विकासमन्त्री दल रावलले पेश गरेको सामाजिक संघ संस्था सञ्चालन तथा व्यवस्थापन विधेयक, २०७५ सामाजिक विकास समितिमा पठाउन गरिएको प्रस्ताव सर्वसम्मत पारित भएको छ । संसदको एघारौं बैठक शनिबार अपराह्न १ः०० बजे बस्दैछ । रासस