चितवन– सर्वाधिक चासोमा रहेको भरतपुर महानगरपालिकाको मतगणना अझै सुरु हुन सकेको छैन् । विहान दस बजेदेखि बसेको सर्वदलीय बैठक साढे दुई घन्टा भन्दा धेरै चलेको थियो ।


ADVERTISEMENT


वडा तहबाट शिलबन्दी गरेर र उठाइएको मुचुल्का अनुसार मतपत्र गन्ने कि, मतपेटिकामा भएको सबै मत गन्ने भन्ने विषयमा दलहरु र मतदान अधिकृत विच सहमति जुटन नसकेको हो । मतदान अधिकृतले मतपेटिकामा भएको सबै मतहरु गन्ने प्रस्ताव राखेका थिए । तर दलहरुले भने मुचुल्कामा उठाइएको विवरणलाई नै अन्तिम मानेर मत गन्नुपर्ने प्रस्ताव राखेका थिए ।


ADVERTISEMENT

# # #


दलहरुबीच सहमति जुटन नसकेपछि दुईबजेसम्मलाई छलफल स्थगित भएको छ । दुईबजेपछि दलहरु फेरी छलफलमा जुटेर सहमति खोज्ने प्रयास गरिनेछ ।

चितवनको खैरहनी नगरपालिकामा वडा नम्बर १ मा मतदाता भन्दा धेरै मतपत्र देखिएपछि मतगणना तत्काललाई स्थगित भएको थियो । वडामा ७६९ मतदाता थिए । तर मतपेटिकामा ७७५ मतपत्र फेला परेका थिए ।