काठमाडौं–प्रमुख विपक्षी नेपाली कांग्रेसले सभामुख वा उससभामुख मध्ये एक पद छाड्न सत्तारुढ दल नेकपासँग माग गरेको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा कांग्रेस सचेतक पुष्पा भुसालले संविधानको पालना गर्न नेकपालाई आग्रह गरिन् ।


ADVERTISEMENT


एमाले र माओवादी केन्द्रबीच एकता गरेर बनेको नेकपालाई निर्वाचन आयोगले २४ जेठमा दल दर्ता गरिसकेको भन्दै उनले सभामुख र उपसभामुखमध्ये अब एक पद छाड्नुपर्ने बताइन् ।


ADVERTISEMENT

# # #


राजनीतिक दल दलसम्वन्धी कानुनको दफा ३३ (१) ‘क’ मा सभामुख र उपसभामुखले दल त्याग गरेको मानिने छैन भन्ने व्यवस्था रहेको उनले स्मरण गराइन् ।

सभामुख कृष्णबहादुर महरा तत्कालीन माओवादी केन्द्रका सांसद हुन् र सर्वसम्मत सभामुख चुनिएका थिए । उपसभामुख शिवमाया तुम्बाहाम्फे एमाले सांसद हुन् । उनी कांग्रेस उम्मेदवार पुष्पा भुसाललाई पराजित गर्दै सपसभामुख चुनिएकी थिइन् ।

तर, अहिले एमाले र माओवादी मिलेर नेकपा बनेपछि कांग्रेसले दुई मध्ये एक पद छाड्न माग गरेको छ ।