काठमाडौं–त्रिवि शिक्षण अस्पतालको लकरमा पेस्तोल र गोली फेला परेको छ । त्रिवि शिक्षण अस्पतालको रेडियोलोजी शाखाको लकरमा एक थान होम मेड पेस्तोल र ३ राउण्ड गोली फेला परेको काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए ।


ADVERTISEMENT


लामो समयदेखि प्रयोगमा नआएको लकरलाई अस्पताल प्रशासनले खोलेर हेर्दा भित्र हतियार फेला परेको र त्यसपछि प्रहरीलाई खबर गरेको एसएसपी पोखरेलले बताए ।


ADVERTISEMENT

# # #


‘लामो समयसम्म लकर बन्द रहेछ, प्रयोग गर्नका लागि प्रशासनले खोल्दा एक थान पेस्तोल र तीन थान गोली भेटियो, त्यो कसले राखेको थियो भन्ने केही खुलेको छैन, हामी अनुसन्धान गर्दैछौं,’ एसएसपी पोखरेलले भने ।

होम मेड पेस्तोल र धेरै पहिलादेखि राखेको हुँदा कसले राखेको ? भन्ने नखुलेको उनले बताए। उक्त पेस्तोलबारे थप अनुसन्धान भइरहेको एसएसपी पोखरेलले जानकारी दिए ।