मस्को– विश्व कप २०१० भविष्यवाणी गरेर एउटा अक्टोपसले विश्वभर तहल्का मच्चाएको थियो । अक्टोपस पलले गरेका भविष्यवाणी अधिकांश मिलेको पनि थियो ।


ADVERTISEMENT


त्यस्तै यस पटकको रसिया विश्वकपमा पनि एक कान नसुन्ने सेतो बिरालो एचिलेसले अक्टोपस जस्तै काम गर्ने भएको छ । फिफा विश्वकप १४ जुनदेखि रसियामा सुरू हुँदैछ ।


ADVERTISEMENT

# # #


अक्टोपस पलले सन् २०१० मा खानाले भरिएका दुर्इ बट्टामध्ये एउटालार्इ छानेर विश्व कप विजेताको अनुमान लगाएको थियो । एचिलेससामू भने यो पटक फुटबल टिमको झण्डा अंकित बल राखिने भएको छ ।

रोयटर्सका अनुसार रसियाकै सेन्ट पिटर्सबर्गस्थित हर्मिटेज म्युजियममा बिरालोको स्याहार गरिरहेकी अन्ना कोन्ड्राटियेभाले भनिन्न, ुहामीले एचिलेसलार्इ छानेका छौँ, किन भने यो धेरै सुन्रदर छे भने उसका निला आँखा छन् । यो कान पनि सुन्न सक्दिन, तर उसको अनुमान धेरै सटिक र मिल्दोजुल्दो हुन्छ ।

कोन्ड्राटियेभाका अनुसार अघिल्लो साल साल एचिलेसले आफ्नो गृहनगरमा खेलिएको कन्फेडरेशन कपका खेलका नतिजाको भविष्यवाणी गरेकी थिइ । त्यो बेला उसले गरेका कुनै पनि भविष्यवाणी गलत नभएको कोन्ड्राटियेभाले बताइन् ।