बुटवल–गैडहवा गाउँपालिकामा चलिरहेको पंखा (सिलिङ फ्यान) ले लागेर एक युवकको मृत्यु भएको छ ।


ADVERTISEMENT


गैडहवा–२ सीतापुर बस्ने अन्दाजी २० वर्षीय रियाजुद्दीन शेषको तीव्रगतिमा चलिरहेको पंखाले लागेर ज्यान गएको हो ।


ADVERTISEMENT

# # #


रमजानमा जाग्राम बसेर सुत्न लाग्दा तीव्रगतिमा चलिरहेको पंखाको पाताले गर्धनमा लागेर गम्भीर घाइते भएका शेषको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक शंकर पोखरेलले जानकारी दिएका छन् । रासस