दमौली– तनहुँको शुक्लागण्डकी नगरपालिका–७ खैरेनीटारस्थित हीराचन होटल एण्ड लजमा सोमबार अपराह्न ५ बजे प्रहरीले छापामारी १२ जना जुवाडेलाई पक्राउ गरेको छ ।


ADVERTISEMENT


सो जुवाको खालबाट प्रहरीले रु एक लाख २५ हजार ६१५ नगदसहित ती व्यक्तिलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, तनहुँका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताएका छन् ।


ADVERTISEMENT

# # #


उक्त होटलमा अवैधरुपमा जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले छापा मार्दा उनीहरुलाई पक्राउ गर्न सफल भएको जानकारी उनले दिएका छन् ।

जुवा खालबाट १६० पत्ती तास र उक्त नगद रकम बरामद गरिएको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिएका सबै व्यक्तिउपर अनुसन्धान भइरहेको बताइएको छ । रासस