लहान–स्रोत नखुलेको ११ लाख नेपाली रुपैयाँसहित आज प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।


ADVERTISEMENT


स्रोत नखुलेको रकमसहित प्रहरीले सिरहा नगरपालिका–१ बाट भारतको मधुवनी जयनगर ग्रामपञ्चायत जयनगर निवासी २८ वर्षीय रोहित खन्डेवाललाई पक्राउ गरेको हो । पक्राउ परेका खन्डेवाललाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस


ADVERTISEMENT

# # #