काठमाडौं–सुचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई सम्पत्ति विवरणमाथि प्रश्न सोधेका कारण नेपाल टेलिभिजनमा १२ बर्षदेखि प्रसारण हुँदै आएको एक कार्यक्रम बन्द भएको छ ।


ADVERTISEMENT


कार्यक्रम सञ्चालक राजु थापाले मन्त्री बाँस्कोटोको निर्देशनमा टेलिभिजन व्यवस्थापनले कार्यक्रम रोकेको आरोप लगाएका छन् ।


ADVERTISEMENT

# # #


नेपाल टेलिभिजनमा शनिवार राति ८ः ४५ बजे प्रसार हुने सिधा प्रश्न नाम कार्यक्रममा दुई साताअघि मन्त्री बाँस्कोटालाई कार्यक्रम सञ्चालक राजु थापाले कम्युनिष्ट मन्त्रीहरुको दाईजोमा धेरै सम्पत्ति देखियो भन्ने आलोचना छ नि ? भन्ने प्रश्न गरेका थिए । – आजको कान्तिपुरबाट