काठमाडौं–माल्दिभ्सको एउटा अदालतले पुर्वराष्ट्रपति मौसुन अब्दुल गयुमलाई जेल सजायको फैसला सुनाएको छ ।


ADVERTISEMENT


आतंकवादलाई सहयाग गरेको अरोप लागेका ८० बर्षीय गयुम बुधबारको अदालतको फैसलाअनुसार १९ महिना जेल बस्नुपर्नेछ ।


ADVERTISEMENT

# # #


गयुमसँगै प्रधानन्यायाधीश अब्दुला साईद र सर्वोच्च अदालतका न्यायाधीश अलि हमिदलार्य पनि गत फेब्रुअरीमा नियन्त्रणमा लिईएको थियो ।

उनीहरु तीन जनालाई फरक फरक अरोप लगाईएको छ ।

प्रधानन्याधीश र न्यायधीशलगायत अन्य न्यायिक अधिकारीलाई भने सरकार ढाल्न घुस लिएको आरोप लगाईएको छ । – आजको कान्तिपुरबाट