काठमाडौँ– चन्द्रागिरि नगरपालिका प्रमुखमा नेपाली काँग्रेसका घनश्याम गिरीले तीन हजार ५५ मत प्राप्त गरी अग्रता कायम गरेका छन् ।


ADVERTISEMENT


उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का प्रल्हाद कार्कीले एक हजार ४९० मत प्राप्त गरेका छन्। हालसम्म उपप्रमुखमा काँग्रेसका इन्द्रावती श्रेष्ठले दुई हजार २४१ र एमालेका लीसा नकर्मीले एक हजार ७२४ मत प्राप्त गरेको निर्वाचन अधिकृत गणेश नायकले जानकारी दिए ।


ADVERTISEMENT

# # #


कुल ३८ हजार ८७२ मतदाता रहेको सो नगरपालिकामा ३१ हजार ९२० मत खसेको थियो । नगरपालिकामा १५ वडा रहेकामा १, २ र ३ वडाको मतगणना सम्पन्न भई अहिले ४ र ५ वडाको मतगणना भइरहेको छ ।

वडा नं १ मा एमालेको समूह विजयी भएको छ । विजयी वडाध्यक्षमा राजेन्द्र केसी तथा सदस्यमा शान्ता गिरी, सरस्वती रोक्का, गोविन्द थापा र मणिराज गिरी छन् ।

वडा नं २ मा नेकपा (माओवादी केन्द्र)को समूह विजयी भएको छ । वडाध्यक्षमा गोपी सुर्खेती तथा सदस्यमा सुशीला कोइराला, सपना परियार, मधुकर बस्नेत र सुरेन्द्र तामाङ छन् ।

वडा नं ३ मा काँगे्रसको समूह विजयी भएको छ । विजयी वडाध्यक्षमा दुर्गालाल महर्जन तथा सदस्यमा सीता सत्याल, सोना मगराती, दीपक सार्की र अमरबहादुर लामा छन् ।